गण्डकी प्रदेश । पार्टीको ह्वीप विपरित गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जनप्रतिनिधि पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी भएका छन् । गण्डकीमा राप्रपाका २ जनप्रतिनिधिको ३६ मतभार छ । राप्रपाले मतदानमा सहभागी नहुन ह्वीप जारी गरेको थियो । बागलुङ नगरपालिका र बेनी नगरपालिकामा राप्रपाले उपप्रमुख जितेको थियो ।
तर, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल भने मतदानमा सहभागी भएकी हुन् । जबकि राप्रपाले प्रदेश नं। १ बाहेक अन्यत्र मतदानमा सहभागी नहुन ह्विप जारी गरेको थियो । उनी पार्टी ह्वीप विपरित मतदानमा सहभागी भएकी हुन् । गण्डकीमा मतदानको अन्तिम समयसम्म २२७ जना जनप्रतिनिधिले मतदान गरेका छन् ।
५९ प्रदेशसभा सदस्य सबै र १७० स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये १६८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतदान नगर्नेमा राप्रपाबाट बागलुङको उपप्रमुख निर्वाचित सुरेन्द्र खढ्का र मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाका प्रमुख लोप्साङ छोम्पेल विष्ट मतदानमा सहभागी नभएका हुन् ।
विष्ट अमेरिका रहेका कारण मतदानमा सहभागी नभएका हुन् । निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतगणना अहिले चलिरहेको छ । विभिन्न तीन क्लस्टरमा हुने निर्वाचनमा एमालेका ३ र गठबन्धनका ३ गरि ६ जना प्रतिष्पर्धामा छन । एक्लै निर्वाचनमा भाग लिएको एमालेले अन्य पदमा पुण्यप्रसाद पौडेल,
दलितमा अर्जुनकुमार सुनाम र महिलामा लिला थनेतलाई उम्मेदवार बनाएको छ । गठबन्धनका तर्फबाट भने कांग्रेसले महिलामा कमला पन्त, माओवादी केन्द्रले अन्यमा सुरेश बहादुर आले र दलितमा भुवन सुनारलाई उम्मेदवार बनाएको छ । पाँच दलीय गठबन्धनको मतभार हेर्दा सहजै गठबन्धनले चुनाव जित्ने देखिन्छ ।
८५ स्थानीय तहको १ सय ७० सीटमध्ये अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर गरी ७० जना र ६० सदस्यीय प्रदेश सभामा २७ जना प्रदेश सभा एमालेका छन् । स्थानीय र प्रदेश सभा गरी एमाले एक्लैको मतभार २ हजार ५५६ हुन्छ । तर, स्थानीय तहको सबभन्दा ठूलो र प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित ५ दलीय गठबन्धन बन्दा उनीहरुको मतभार बढी छ ।
गठबन्धन मध्ये एकीकृत समाजवादी कमजोर छ । उसको स्थानीय तहमा ८५ मध्ये आँधीखोला गाउँपालिका उपाध्यक्ष एक जनामात्र मतदाता छन । गण्डकीमा ५ दलीय गठबन्धनमा कांग्रेस ९२१९६०, माओवादी ९७९२०, जनता समाजवादी ९९६०, राष्ट्रिय जनमोर्चा ९१५०० र एकीकृत समाजवादी ९१८० मिल्दा मतभार ३ हजार २ सय ५२ हुन आउँछ । यसरी हेर्दा ५ दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि छ ।






