काठमाण्डौ । टाटाको नयाँ विद्तयुतीय कार (टिगोर ईभी) छिट्टै नेपाली बजारमा भित्रिने भएको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगोर ईभी नेपाली बजारमा चाँडै आउने जानकारी गराएको हो । टिगोर ईभी टाटा टिगोरको विद्युतीय मोडल हो ।
ग्राहकको सर्वाधिक रोजाइमा परेको टाटा टिगोर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएको थियो । टिगोर ईभी भित्रिएसँगै नेपाली बजारमा टाटाका दुई वटा विद्युतीय गाडी उपलब्ध हुनेछन्, टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी ।
नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको थियो । टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षाहिसाबमा गाडीले ४९ अंकमध्ये ३७ दशमलव २४ अंक पाएको छ ।
टिगोर ईभी जिपट्रोन प्रविधिमाआधारित छ । जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्चउर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ ।
गाडीमा रहेको विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, टिगोर ईभीमाभएको ब्याट्रीलाई २५ किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ ।
अर्थात गाडीलाई हाम्रो घर वा कार्यलयमाहुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रङ्ग विकल्पमा उपलब्ध हुनेछ ।
यो डुअल–टोनविकल्पमा उपलब्ध गराएमा यसको माथिल्लो भाग (रुफ) भने कालो रङ्गको हुनेछ। गाडीको ग्रिलमुनीनिलो रङ्गले रेखा कोरिएको देखिन्छ जसले गर्दा यो विद्युतीय भनेर परैबाट छुट्याउन सकिन्छ । यसको अगाडि भागमा पूरै एलईडी डीआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ । गाडीको पाङ्ग्राहरू पनि निकै स्टाइलिस छन् ।
यसको पछाडि हेर्ने रिअर भ्यु ऐनाहरू पनि फोल्डेबल छन् । गाडीको डिकी खोल्ने ठाउँमा जिपट्रोन लेखिएको ब्याच पनि देख्न सकिन्छ । यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ । गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । टिगोरको सिट ग्रेनाइट कालो रङ्गमा छन् ।
भने गाडीको आन्तरिक थिम विद्युतीय केन्द्रित छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ ।
त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् । सुरक्षाको हिसाबले हेर्दा कम्पनीले टिगोर ईभीमा डुअल एयर ब्याग,
ईबीडीसहितको एबीएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ । गाडीमा २,४५० एमएम ह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ ।
टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य भारु १२लाख ४९ हजार,
एक्सजेड प्लसको मूल्य भारु १२लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकिएको छ । नेपाली बजारमा कति मूल्यमा कहिलेसम्म यो गाडी सार्वजनिक हुन्छ भन्नेबारे सिप्रदीले कुनै जानकारी दिएको छैन ।






