काठमाण्डौ । बुद्ध एयरको जहाजमा फेरी एउटा घटना भएको छ । निर्धारित समयमा विमान अवतरण हुन नसक्दा एक जना यात्रु जहाजमै वे हो स भएका छन् । विहिवार काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. ९ एन ए जे एक्सको जहाज नेपालगञ्ज विमानस्थलमा निर्धारित समयमा अवतरण हुन सकेन ।
निर्धारित समय भन्दा झन्डै पौने घन्टापछि मात्र विमान अवतरण भएको थियो । बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ५० मिनेट पछि अवतरण हुनुपर्ने थियो । तर जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।
सो विमानमा रहेकी एक महिला यात्री बे हो स अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ । बे हो स अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक
मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । उनी डराएर वे हो स भएको हुनसक्ने अनुमान गरिएको भएपनि वास्तविक कारण भने खुल्न सकेको छैन ।
योपनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।
ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ । गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड दिनु भएको छ । यस्तै, उहाँले तत्काल कोभिड महामारी अन्त्य नहुने पनि बताउनु भएको छ ।






