अर्थमन्त्री जनार्दन शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगि रहेको बताएका हुन् ।
मन्त्री शर्माले भने, ‘आजको अर्थतन्त्र आज देखिने होइन । आज सरकारले गरेका काम भोलि देखिने हो । हामीले हिजो भएका काम आज देखिदै छ । हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगि रहेका छौं । सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सकिदैन ।
साना साना काम गर्न सकिएला तर हिजोदेखि बनाएका नीतीहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा पतिवद्ध रहेको छ । अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नु पर्ने देखिएको छ ।’ अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताए ।
उनले सरकारले निजी क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए । अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको बताए । यो समाचार नागरिक दैनिकबाट






