काठमाण्डौ । कोरोनाको तेश्रो भेरियन्टले मुलुकमा फेरीपनि आ क्रान्त मच्चाई रहेको बेला यसको रोकथामकालागी अनेक उपायहरु र नियमहरु बनाईएका छन् । तीनै नियम र जरिवाना स्वरुप नै काठमाण्डौ उपत्यकामा पनि केही नियमहरु बनाईएको छ । र त्यो हो कोभिड संक्रमण बढ्दै गएका कारण माक्स नलाइ बाहिर निस्कनेहरुले अब काठमाण्डौ उपत्यका भित्र जरीवाना तिर्नुपर्ने भएको छ ।
कोभिडको हट स्पट बनेको काठमाण्डौ उपत्यकामा दिनहुँ नयाँ नियम लागू गरिदै छ । दैनिक रुपमा हजारौं नयाँ संक्रमित थपिदै जाँदा काठमाण्डौ उपत्यका कोभिडको हट स्पट बनेको छ । दैनिक रुपमा बढ्दै गइरहेको कोभिड भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भक्तपुरमा माक्स नलाउनेलाई जरिवाना तिराइने भएको छ । भक्तपुर जिल्ला प्रशासन कार्यलयले ‘तपाईको मास्क खोई ?’
अभियान सञ्चालन गर्दै माक्स लगाउन अभिप्रेरित गरेको छ । साथै महामारीमा माक्स नलाउनेलाई जरिवाना गर्ने नियम लागू भएको छ । प्रशासनले मास्क नलगाउनेलाई कारबाही गर्ने अन्तर्गत सार्वजनिक यातायतका साधनमा मास्क नलगाएको फेला पारे एक सय जरिवान गराउने नियम बनाएको छ । आज भक्तपुर र काभ्रे जिल्लाको सिमाना साँगा नाकाबाट यो अभियान शुरु गरेको हो ।
सार्वजनिक सवारी साधन बसमा मास्क र सेनिटाइजर अनिवारय राख्नु पर्ने नियम लागू भएको छ । सो नियम उल्लंघन भए जरिवाना तिराउने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । उनले मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने र बसमा मास्क नलगाउने मान्छे भेट्यो भने बस चालकलाई १०० देखि ६०० रुपैयाँ सम्मको जरिवाना गराउने जानकारी दिए ।
अभियानअन्तर्गत आजा दिउँसो साँगा, सुर्यविनायक चोक लगायत बिभिन्न स्थानमा चेक जाँच गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा आफै बसमा चढेर यात्रुहरुलाई मास्क लगाउन आग्रह गरेका थिए । चालकलाई सिट भन्दा बढी यात्रु नराख्न र राखिएको भेटेमा ठाउँकको ठाउँ जरिवानसहित कार्वाही गर्ने पनि प्रहरीको भनाई छ ।






