काठमाण्डौ । समाजसेवी हेम थापाले जनतासामू गरिएका वाचा पूरा गर्न नसकेकोले धुर्मुश र सुन्तलीले ठ गी काम गरेको आरोप लगाए । उनले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला बनाउने नाममा धुर्मुश र सुन्तलीले ठ गी काम गरेको आरोप लगाएका हुन् ।
साथै उनले देशकोलागि आवश्यक भएपनि यस्तो गौरवको आयोजना सरकारले निर्माण गर्नुपर्ने बताएका छन् । उनले अहिले मुलुकको दुरदराजमा असहाय, दिनदुखी र गरिब जनतालाई सिटामोल दिन सकिनेमा सक्दै नसकिने काममा हात हालेर धुर्मुश र
सुन्तलीले गल्ती गरेको टिप्पणी गरे । उनले यो संसारमा आफू नै एउटा व्यक्ति जसले सबैभन्दा बढि दान गरेको भन्दै अहिलेसम्म १९ करोड दान गरिसकेको सुनाए । उनले आफूले अहिलेसम्म एक रुपैयाँ कसैसँग लिएको प्रमाणित भयो भने प्राइम टिभीको
स्टुडियोमै आएर विष सेवन गरेर मर्ने पनि घोषणा गरे । उनले अहिलेसम्म आफूले धुर्मुश सुन्तलीलाई २ लाख रुपैयाँ दिएको सुनाए । र, यो बालुवामा पानी हालेजस्तो भएको पनि उनले सुनाए ।
योपनि अछामका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला प्रशासन कार्यालय अछामका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलगायत पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारीलगायत नागरिकता फाँट र अन्य शाखामा कार्यरत पाँच जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार प्रजिअ लगायत अन्य कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्नेलगायतका लक्षण देखिएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।






