काठमाण्डौ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र कोरोना संक्रमित भएका छन् । उनी संक्रमित भएको खबर उनले आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन् । उनले सामाजिक सञ्जालबाट आफूलाई संक्रमण पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका हुन् । उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको जनाएका छन् ।
उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस,,,,,भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् । ‘म पनि कोरोना पोजेटिभ देखिएको छु । गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु । अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु । अहिले सबै ठिकै छ । ’
मिश्र केही दिनदेखि पार्टीका विभिन्न गतिविधिमा सक्रिय थिए । उनले केही दिनदेखि मिडियामा अन्तर्वार्ता दिँदै आएका थिए । योपनि नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।






