काठमाण्डौ । नेपालमा म स्ति ष्क घा त (स्ट्रोक) को श ल्य क्रि या गर्दा टा उको खोलेरमात्र हुने गरेकोमा अब टा उको नखोली गर्ने प्रविधि प्रभावकारी देखिएको छ । टा उको खोलेर श ल्य क्रि या गर्दा ५० देखि ६० प्रतिशतसम्म मात्र सफलता हुने गरेकोमा टा उको नखोली न्युरोसम्बन्धी श ल्य क्रि या गर्दा ९७ प्रतिशत सफलता मिल्ने बताइएको छ ।
टा उको नखोली म स्ति ष्क घा तको श ल्य क्रि या गर्दा बिरामी म स्तिष्क घा त भएको सात घण्टामा अस्पताल पुर्याइ सक्नुपर्छ । समयमै अस्पताल पुर्याउन सकेको अवस्थामा बिरामी सकुशल डिस्चार्ज गर्न सकिन्छ । तर, समयभन्दा पछि अस्पताल लगेमा टा उको नखोली गरिने श ल्य क्रि या फलदायी नहुन सक्छ ।
टा उको नखोली म स्ति ष्क घा तको श ल्य क्रिया गर्ने प्रविधिलाई न्युरो इन्टरभेन्सन प्रविधि भनिन्छ । नेपालमा न्युरो इन्टरभेन्सनका एकमात्र शल्य चिकित्सक डा. सुवास फुँयालले नेपालमा न्युरो इन्टरभेन्सन प्रविधि सफलतामा गएको बताए । नयाँ आएको उक्त प्रविधि ९७ प्रतिशतसम्म सफलता मिल्ने भन्दै उनले टाउको खोलेर गरिने मस्तिष्काघातको श ल्य क्रि यामा बिरामीलाई पहिलेकै अवस्थामा ल्याउन सक्ने अवस्था ५०र५० मात्र रहेको बताए ।
डा. फुँयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्समा उक्त प्रविधिबाट आफूले तीन सयभन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिए । उनले हालसम्म आफूले शल्यक्रिया गरेकामध्ये तीन जनालाई मात्र बचाउन नसकेको भन्दै अरू व्यक्ति पूर्ण ठीक भएर डिस्चार्ज भएको बताए ।
डा. फुयाँलका अनुसार न्युरो इन्टरभेन्सन प्रविधिमा मस्तिष्काघात भएका बिरामीलाई खुट्टाको नसाबाट पठाइने तारसहितको यन्त्रले श ल्य क्रि या गरिन्छ । उहनले टाउकोमा जहाँ नसा फुटेर रगत जमेको हुन्छ, त्यहाँ क्वालिङ गरेर टालिदिने प्रविधि नै न्युरो इन्टरभेन्सन भएको बताए ।
यसले जमेको र ग तका थे ग्रा झिकिदिन्छ र ब न्द भएको नसामा पुनः र ग त बहन हुन थाल्छ । रगत बहन हुन थालेपछि म स्ति ष्कले पुनः काम गर्न थाल्छ । उनले म स्ति ष्क घा त भएका व्यक्ति सयौँ जना प क्ष घा त भएर बस्नुपरेको भन्दै न्युरो इन्टरभेन्सनमा भने कुनै पनि व्यक्ति पक्षघात (प्यारालाइसिस) हुन नपर्ने बताए ।
न्युरो अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले न्युरो उपचार क्षेत्रमा नयाँ प्रविधि भित्रिएको भन्दै न्युरो इन्टरभेन्सन प्रविधिबाट श ल्य क्रि या गराउँदा मानिस पूर्ण रूपमा ठीक हुने र आफ्नो पुरानो काममा फर्किने बताए ।






