काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि देउवाले आज फेरि पीसीआर गराएका थिए ।
गत सोमबार देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण भएको थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो ।
योपनि विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।
सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् । २०७८ माघ १ गतेदेखि लागू हुनेगरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
प्रभु क्यापिटलले विशालबजार कम्पनी लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक लगायत कार्यहरू गर्नेछ ।






