काठमाण्डौ । स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ ।
के हो कोलिफर्म ?
कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गरिएको खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको विभागले जनाएको छ ।
छाती तथा मुटु रोग विशेषज्ञ डा. दीर्घसिंह बम स्वस्थ शरीरका लागि दूध तथा दही र दुग्धजन्य वस्तु स्वस्थकर हुनुपर्ने बताउँछन् । उनी कोलिफर्मले मानिसको स्वास्थ्यमा धेरै नराम्रो असर पार्ने बताउँछन् । कोलिफर्मयुक्त दूध तथा दहीको नियमित सेवनले मानिसको स्वास्थ्यलाई दीर्घरोगी बनाउने उनको भनाइ छ ।
योपनि पढौं
अनलाइन कक्षा पढ्ने दुई हजार बालबालिकाको आँखा परीक्षण
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो ।
नगरप्रमुख टिपी शर्मा तिमल्सिनाकाअनुसार कोभिड(९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको हो ।
नमोबुद्धले सेवा फाउण्डेशन र बनेपास्थित रेयुकार्य मासुनागा आँखा अस्पतालको सहयोगमा एक महिने अभियान सञ्चालन गरेको हो । आँखा जाँचपश्चात १११ बालबालिकालाई चस्मा वितरण गर्नुका साथै ३६५ जनालाई निःशुल्क औषधिसमेत उपलब्ध गराएको टिम लिडर प्रफुलराज श्रेष्ठले जानकारी दिए ।
‘परीक्षण गरिएकामध्ये ६४ जनामा मोतियाविन्दु देखिएको छ, १४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ’, उनले भने । दुई सय ४२ आँखाका बिरामीको प्राथमिक उपचार केन्द्र भकुण्डेमा उपचार गरिएको थियो । नगरका केही वडामा वृद्धवृद्धाको समेत आँखा परीक्षण गरिएको थियो ।
नगरले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्क कान सुन्ने मेशिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बीमा गराउने, विपन्न परिवारको स्वास्थ्य बीमा गर्नेलगायत कार्यक्रम सुरु गरेको नगरपालिकाले जनाएको छ ।






