काठमाण्डौ । सरकारले अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारबाही गर्ने भएको छ । आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समय अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फस्टाएको भन्दै गृह मन्त्रालयले त्यस्ता कार्य गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
अ’वै’ध क्रियाकलापबाट ठ’गी र असुरक्षा भएको गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा गाउँरसमाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा,

गेमिङजस्ता गैरकानुनी कार्य फस्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य भइरहेको उल्लेख छ । सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा विभिन्न गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ । यो समाचार उज्यालोमा छ ।






