काठमाण्डौ । नेकपा माओबादी केन्द्रका नेता वर्षमान पुन चीन र थाइल्याण्डमा उपचार गराएर तीन महिनापछि नेपाल फर्किँदैछन् । स्वास्थ्यमा समस्या आएपछि नेता पुनले पछिल्लो समय चीनको थर्ड पीपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए । उपचारका लागि उनी गत असोज १३ मा थाइल्याण्ड प्रस्थान गरेका थिए । लगत्तै त्यहाँबाट उनी चीन पुगेका थिए ।
चिकित्सकका अनुसार उनी ‘क्रिग्लर(नजर(टाइप टु सिन्ड्रोम’ नामक दुर्लभ समस्याबाट पीडित छन् । यो वंशाणुगत रोग भएको बताइएको छ । पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकहरूले बताएका थिए । यसै सन्दर्भमा पुनमा देखिएको ‘क्रिग्लर(नजर(टाइप टु सिन्ड्रोम’ के हो भनेर जनरल फिजिसियन डा. अमित गौलीसँग हामीले कुराकानी गरेका छौं ।
‘क्रिग्लर नजर सिम्टम’ भनेको सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो । जण्डिस भएपछि मानिसमा पहेँलोपना आउने कारकलाई ‘बीलीरुबीन’ भन्छौं । शरीरमा भएको ‘बीलीरुबीन’को लेभल बढ्छ । क्रिग्लर नजरमा कन्जुगेटेड र अनकन्जुगेटेड ‘बीलीरुबीन’ भन्ने हुन्छ । ‘बीलीरुबीन’को लेभल बढ्ने तर, कलेजोका अरु प्यारामिटर र जाँचहरु नर्मल हुन्छ ।
सामान्यतः भन्नुपर्दा ‘बीलीरुबीन’ले जण्डिस गराउने पित्तको लेभल बढाउनु हो । यो बढिरहेको अवस्थामा कहिलेकाहीँ इन्फेक्सन ९संक्रमण० भइदियो वा कलेजोलाई असर पार्ने औषधिहरु चल्यो वा कलेजोमा कुनै समस्या आइदियो भने देखिएको जण्डिसलाई झन् बढावा दिन्छ । त्यसलाई ‘क्रिग्लर नजर सिम्टम’ भनिन्छ ।
यो दुई प्रकारको हुन्छ, टाइप वान र टाइप टु । यसको उपचार भनेको आइपरेका समस्याहरुको निर्मुल गर्दै लैजाने नै हो । अनि बिरामीलाई जस्तो गाह्रो पर्छ, त्यसैअनुसार उपचार गर्दै जाने हो । कहिलेकाहीँ हेपाटाइटिसहरु ‘रुल आउट’ गर्नुपर्ने हुन्छ। कलेजोको जाँचहरुमा हेपाटाइटिस छ कि छैन भनेर हेर्नुपर्ने हुनसक्छ ।
टाइप वान र टाइप टु मा त्यत्ति धेरै फरक हुँदैन । दुवैको पद्धति एउटै हो । पित्तको मात्रा शरीरमा बढ्ने नै हो । प्याथोफिजियोलोजीमा थोरै फरक हुने मात्रै हो । ‘क्रिग्लर नजर’को ठ्याक्कै उपचार भन्ने त हुँदैन । यो चाहिँ जे समस्या आउँछ, त्यहीअनुसार अघि बढ्ने हो । पित्तथैली, लिभर जे मा समस्या छ, त्यहीअनुसार उपचार गर्दै अघि बढ्ने हो । लिभरको समस्याले चाहिँ अरु अंगमा असर गरेको छ भने त्यहीअनुसार उपचार गर्नुपर्ने हुन सक्छ । लक्षणको आधारमा उपचार गर्ने हो ।
कसरी नियन्त्रण गर्ने ?
यो रोग नियन्त्रण गर्न सकिन्छ । एउटा लेभलभन्दा अर्को लेभलमा बढ्न नदिनु नै नियन्ण गर्नु हो । यस्तो विरामीको कहिलेकाहीँ के हुन्छ भने यसो हेर्दा जण्डिस पनि देखिँदैन । जण्डिस देखिनलाई त आँखा पहेँलो हुनुपर्यो । बाहिरबाट हेर्दा जण्डिस पनि हुँदैन, आँखा पनि ठीक हुन्छ तर, भित्र जाँच गर्दा ‘बीलीरुबीन’ लेभल (उच्च) हुन्छ ।
रगतको परीक्षण र कलेजोको जाँच गरेर नै डा’इग्नो’सी’स गर्ने हो । कति विरामीहरु सिम्टम (लक्षण) नदेखिने कारणले धेरै विरामीहरु जीवनभरि अननोटिस (सम्पर्कबाहिर) भइरहेका हुन्छन् । जो बीरामीले चेक गराउनुहुँदैन । यो रोग कसैकसैलाई जन्मजात पनि देखिन्छ । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।






