काठमणडौ । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट (करिब ६ आना मात्र) जमिन मात्र प्रयोग गर्ने सहमति भएको देखिन्छ ।
त्यसका लागि दरबारको मुख्य प्रवेशद्वारको पश्चिमतर्फको रातो घर र बङ्करसहितको शौचालयले चर्चेको जमिन गरी ६ आना तीन पैसा ुक्याफ्टेरिया’ क्याफे तथा क्यान्टिन सञ्चालनका लागि प्रयोग गर्न दिने सम्झौतामा उल्लेख छ तर करिब १० रोपनीमा रेस्टुरेन्ट सञ्चालन गर्ने गरी संरचना बन्दैछन् ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र बतास समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट कम्पनीबीचको सम्झौतामा दरबारको वातावरणमैत्री तथा हरियाली संरचनामा क्षति नपुग्ने गरी बगैँचाको संरक्षण र सरसफाइलाई प्राथमिकतामा राखिएको छ ।
तर बीपीएसले भने आफूखुशी थप जमिन कब्जा गरी बगैँँचाको पुरानो स्वरूपसमेत परिवर्तन गरी नयाँ संरचना निर्माण गरेको छ । नृत्यका लागि मञ्च, छातासहितको ग्राहक टेबल, विश्राम, क्याम्प फायर, टहरा र पर्खालसहितको छुट्टै प्रवेशद्वार निर्माण गर्ने विषय सम्झौतामा उल्लेख छैन ।
निर्माण कम्पनी बी म्यानेजमेन्टका शिवहरि पुडासैनी भने सम्झौताभन्दा पनि सम्बन्धित निकायसँग छलफल गरेरै संरचना निर्माण गरिएको स्वीकार्छन् । ुसंरक्षण तथा सरसफाइलाई प्राथमिकतामा राखेर काम गरेका छौँ,ु उनले भने, “नयाँ निर्माण गरिएका संरचनाहरू अस्थायी हुन् भ त्का उन सकिन्छ ।”
सम्बन्धित निकायबाट मञ्च, पर्खाल र प्रवेशद्वारलगायतका संरचना भ त्का उन निर्देशन आए भ त्का उन सकिन्छ,” उनले थपे । सम्झौतामा करिब छ आना भनिए पनि अन्य संरचना प्रयोग गरेबापत प्रतिवर्ग फिट थप ३५ रुपियाँ शुल्क लिने सहमति भएको छ ।
तर बगैँचाको पुरानो संरचना बिगारेर नयाँ संरचना निर्माण गर्ने उल्लेख छैन । त्यहाँ रहेका धुपी र पैँयु, विभिन्न देशबाट प्राप्त भएका गुलाबलगायतका बोटबिरुवा तथा रुख मासिएका छन् । सङ्ग्रहालय कार्यकारी नर्देशक भेषनारायण दाहाल भने यस विषयमा आफू केही नबोल्ने बताउँछन् । सबै कुरा कानुनी प्रक्रिया अपनाएर नै गरिएको हो, उनले भने, “मेरा पछि मिडिया लागे, आवश्यकताभन्दा बढी प्रचारबाजी भयो ।”
योपनि पढ्नै पर्ने सम्बन्धित समाचार
नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम रोक्न निर्देशन
काठमाण्डौ । नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक
व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।
पत्रमा भनिएको छ ‘‘।सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ । यो समाचार आजको गोरखापत्र दैनिकबाट






