एजेन्सी । अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेनइन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मेस्सीसँगै आफ्ना चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ ।
मेस्सीसहित जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना पुष्टि भएको हो । क्लबका सबै खेलाडीको कोरोना परीक्षण गराएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ ।
योपनि पढौं
चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध
एजेन्सी । चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध गरिएको छ । साथै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ
खेलाडी राख्न कडा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न । तर पछिल्ला दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ ।






