काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह गठन गरेको छ । प्रदेश र जनवर्गीय सङ्गठनहरूको छुटाछुटै समूह बनाएको माओबादी केन्द्रले जनाएको छ ।
छलफलका लागि प्रज्ञा भवनका हल, पार्टी कार्यालय र पार्टी प्यालेसमा स्थान तोकेको छ । प्रतिवेदनमाथि भोलि मङ्गलवार दिनभर छलफल हुने र पर्सि बुधवार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ । बन्द सत्रमा अध्यक्ष प्रचण्डले सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजबादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
उनले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेतारकार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ । माओबादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के–के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरेका प्रचण्डले वृहत् योजना र सुधारविना पार्टी अघि बढ्न नसक्ने बताएका छन् ।
समूहगत छलफलका लागि बनाइएको २५ समूह, समूहगत छलफल गर्ने ठाउँ र समूहको समन्वय गर्ने जिम्मेवारी यस्तो छ–
समूह १
सहभागीः जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थानः प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारीः एनके प्रसाई
समूह २ र ३
सहभागीः सल्लाहकारहरु
छलफलको स्थानः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारीः नन्दकुमार थापा
समूह ४ र ५
सहभागीः प्रदेश न. १ का प्रतिनिधिहरु
छलफलको स्थानः भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः हर्क नेम्वाङ
समूह ६ र ७
सहभागीः प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थानः पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः गणेश साह
समूह ८ र ९
सहभागीः लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः चक्रपाणी खनाल
समूह १० र ११
सहभागीः गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः गायत्री गुरुङ
समूह १२
सहभागीः प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः लक्ष्मण पन्त
समूह १३ र १४
सहभागीः कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारीः विमला केसी
समूह १५ र १६
सहभागीः सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारीः खगराज भट्ट
समूह १७ र १८
सहभागीः सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थानः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारीः मायाप्रसाद शर्मा
समूह १९
सहभागीः उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारीः जगत सिंखडा
समूह २० र २१
सहभागीः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारीः कृष्ण अधिकारी
समूह २२ र २३
सहभागीः बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः काठमाण्डौ बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः सरल सहयात्री
समूह २४
सहभागीः आयोगका सदस्यहरु
छलफलको स्थानः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागीः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थानः काठमाण्डौ बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः अमृता थापामगर






