काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो । ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।
‘मैले उहाँलाई फोत गरेको थिएँ’ प्रचण्डले भने, ‘झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु भयो । सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’
तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन । देउवाले भने स् माओवादी अध्यक्षमा प्रचण्डलाई नै देख्छु । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको अध्यक्षमा आफूले प्रचण्डलाई नै देखेको बताएका छन् ।
आइतबारबाट सुरु माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले माओवादीले कसलाई नेता बनाउने थाहा नभए पनि आफूले प्रचण्डलाई नै देखेको भन्दै उनले शुभकामना दिए । ‘तपाईंहरुले कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु । उहाँलाई पनि धेरै धेरै शुभकामना ’देउवाले भने ।
केही समय अघि सकिएको एमालेको महाधिवेशनबाट केपी शर्मा ओली र कांग्रेसको महाधिवेशनबाट देउवा पार्टी नेतृत्वमा दोहोरिएसँगै उनले प्रचण्डलाई शुभकामना दिएका हुन् । माओवादी यसपटकबाट बहुपदीय प्रणालीमा जाँदै छ र १५ सदस्यीय पदाधिकारीको तयारी गरिएको छ । अध्यक्षमा भने प्रचण्डलाई चुनौती दिन सक्ने अरु नेता देखिएका छैनन् ।






