काठमाण्डौ । जनता समाजबादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादीको ज न यु द्ध र मधेश आ न्दो लन नभएको भए अझै पनि नि र ङ्कु शता जारी नै रहने बताए । माओबादी केन्द्रको महाधिवेशनमा आइतबार शुभकामना दिने क्रममा अध्यक्ष यादवले माओबादीको ज न यु द्ध र मधेश आ न्दो लन नभएको भए अझै पनि नि र ङ्कु शता जारी नै रहने बताएका हुन् ।
‘माओबादी र मधेश वि द्रो ह नभएको भए देशमा लोकतन्त्र आउने थिएन, नि र ङ्कु शता हुने थियो । माओबादी र मधेश वि द्रो हले देशलाई अघि बढाएको हो ।’ यादवले भने , प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्त्वहरुले खतरामा पारिरहेको भन्दै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने जसपाका अध्यक्ष यादवको भनाइ छ ।
संविधानले मधेशका नागरिकको हक अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै यादवले संविधान संशोधन गरेर सबैका अधिकारलाई संविधानमा समेट्नुपर्ने बताएका थिए । अध्यक्ष यादवले अझै पनि देशमा मधेशका मुद्दा सम्बोधन हुन नसकेको, उत्पीडित र शोषित वर्गको अधिकार र पहिचानलाई राज्यले महत्त्व नदिएको लगायतका गुनासो पनि गरेका छन् ।






