काठमाण्डौ । कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ । मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ ? विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ ।
निरन्तरको खोकी, ज्वरो अथवा उच्च तापक्रमले शरीर तातिनु, स्वाद वा गन्ध परिवर्तन हुने वा हराउनु तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले ‘एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने’ बताउँछन् । यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरिअन्टका प्रमुख पाँच लक्षण यस्ता छन् ।
नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने (मध्यम वा गम्भीर स्तरको), हाच्छि आउने, घाँटी दुख्ने, यदि यस्ता खालका लक्षणहरु देखा परेका छन् भने कोभिड भए जस्तो लाग्यो भनेर परीक्षण गराउनु नै बुद्धिमानी र महत्त्वपूर्ण हुन्छ । गम्भीर बिरामी भएका व्यक्तिहरूले अरूलाई पनि जोखिममा पार्न सक्छन् ।
ज्वरो देखापर्नु भनेको भाइरस हो त ?
उच्च तापक्रम भनेको ३७ दशमलव ८ डिग्री सेल्सियस वा त्यो भन्दा माथि हो । यस्तो ज्वरो भाइरस मात्र नभई शरीरले कुनै पनि सङ्क्रमणसँग जुझिरहँदा पनि आउनसक्छ । थर्मामिटर प्रयोग गर्नु एकदमै उपयुक्त हो ।
तर यदि तपाईँसँग छैन भने आफूले वा तपाईँ चिन्तित भएको व्यक्तिले छाती वा पछाडि छुँदा तातो महसुस गर्छन् कि गर्दैनन् भनेर जाँच्नुहोस् । चिसो लाग्दा ज्वरो आउने सम्भावना कम हुन्छ। ज्वरो आएपछि भाइरस परीक्षण गराउनुहोस् ।
चिसो मौसमा खोकी लाग्नु कस्तो लक्षण हो ?
यदि तपाईँलाई चिसो लागेको छ वा फ्लु भएको छ भने तपाईँलाई खोकी लाग्ने र अरू लक्षण देखा पर्न सक्छ । फ्लु अकस्मात् देखापर्छ र यसबाट ग्रस्त हुने व्यक्तिहरूको जीउ दुख्ने, टाउको दुख्ने, शरीर गल्ने र नाकबाट पानी बग्ने अनि खोकी आउने सहितका लक्षण देखिन्छ । एकदमै चिसो लागेको भन्दा खराब महसुस हुन्छ ।
चिसो बिस्तारै विकास हुँदै जान्छ र यो कम घातक हुन्छ । तर पनि यसले तपाईँलाई असहज बनाउन सक्छ । खोकीसहित रुघा लाग्ने र घाँटी दुख्ने अनि नाक बग्ने लक्षण देखिन सक्छ। ज्वरो, काम छुट्ने, शरीर दुख्ने र टाउको दुख्ने दुर्लभ हुन् । भाइरसको खोकी भने अरू बेलाको भन्दा लगातार खोकी हो ।
यदि तपाईँलाई पुरानो स्वास्थ्य अवस्थाका कारण खोकी लाग्छ भने त्यो अरू बेला भन्दा खराब हुनसक्छ । तपाईँले नयाँ र निरन्तरको कफ अनुभव गर्नुभयो भने भाइरसको परीक्षण गर्नुपर्छ ।
नाक बग्ने वा बन्द हुने वा टाउको दुख्ने चाहिँ के हो ?
स्वास्थ्य अधिकारीहरूले नाकबाट पानी बग्नु वा टाउको दुख्नु कोभिडको लक्षण नै हो भन्न नसकिने बताउँदै आएका छन् । तर अनुसन्धानहरूले कोभिड देखा परेका कतिपय व्यक्तिमा यी लक्षण भएको बताएका छन् । अमेरिकी निर्देशिकाले भाइरस भएका मानिसमा यस्तो लक्षण देखिनसक्ने उल्लेख गरेको छ ।
ज्वरो आउने वा जीउ काम्ने, खोकी लाग्नु, सास फेर्न अप्ठेरो वा गाह्रो हुने, शरीर गलेको जस्तो महसुस गर्नु , छाला वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध जाने, घाँटी दुख्ने, नाक बग्ने वा बन्द हुने, बान्ता आउने वा वाकवाक लाग्न सक्ने, पखाला लाग्ने, आदि
भाइरस भएका मानिसहरूमा मध्यमदेखि गम्भीर प्रकारका लक्षणहरू देखा पर्छन् । कतिपयमा केही पनि लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ । भाइरस लागेका व्यक्तिमा दुई हप्तासम्म लक्षण देखा पर्न सक्छ। तर साधरणतया पाँच दिनभित्र लक्षण देखिन्छ ।
सास फेर्न अप्ठेरो हुनु ग म्भी र खालको भाइरस सङ्क्रमण भएको लक्षण हो । यदि तपाईँलाई सास फेर्न गाह्रो भयो भने आफ्नो डाक्टरसँग फोन वा अनलाइनमार्फत सम्पर्क गर्नुहोस् । यदि आकस्मिक रूपमा सास फेर्न गाह्रो भयो भने एम्बुलेन्स बोलाएर अस्पताल जान डब्लुएचओले सुझाव दिएको छ ।






