काठमाण्डौ । चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डौको आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । गएको मङ्गलवार परीक्षामा चि ट चो र्न नदिएको भन्दै स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई कु टेका थिए ।
कुटाईबाट शिक्षक पुडासैनी घा इ ते भएका थिए । त्यही घटनालाई लिएर बिहीबार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट नि ष्का सित गरिएको जनाएको हो । क्याम्पस प्रशासनले निकालेको विज्ञप्तिमा भनिएको छ,‘परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले
परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि सा ङ्घा ति क आ क्र म ण गरेको र क्याम्पसको शैक्षिक वातावरणमा ख ल ल पुर्याएको विषयमाथि क्याम्पस प्रशासनको ग म्भी र ध्यानाकर्षण भएको छ । ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको र कानुनी का र बा ही अगाडि बढिसकेको छ ।’
योपनि सम्बन्धित समाचार
अनेरास्ववियू आरआरका विद्यार्थी विदार्थीबीच कु टा कु ट
काठमाण् डौ । को प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार बिहान कुटाकुट भएको हो ।
कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरूबीच भनाभन पश्चात झ ड प भएको थियो । झ ड पमा परेर केही विद्यार्थी सामान्य घा इ ते छन् । झ ड पको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । झ ड पपछि विस्तारित बैठक स्थगित भएको छ ।






