काठमाण्डौ । सर्वदलीय बैठक आइतबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ। संसद्को गतिरोध अन्त्य र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको प्रेस सल्लाहकार गोविन्द परियारले बताए । माओबादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार भएको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवा यसमा सकारात्मक बनेको जनाइएको छ ।
बैठकमा एमाले भने सहभागी नहुने भएको छ। माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले संसद्मा अवरोध गरिरहेको छ । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको अडान छ । सभामुखले भदौ २९ मा बोलाएको र प्रधानमन्त्रीले असोज १४ मा बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।
मंसिर २८ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ । अन्नुपुर्ण पोष्टमा यो खबर छ ।






