काठमाण्डौ । मेषः बोलीको भरमा काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
बृषः नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन्बु द्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ ।
मिथुनः पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला ।
कर्कटः छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खसोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ । प्रेम सफल हुनेछ । तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला ।
सिंहः प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दु श्म नी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् ।
कन्याः मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ । तारिफयोग्य कामको चर्चा हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ ।
तुलाः तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ ।
बृश्चिकः चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ । धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।
धनुः काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ । प्रेम र मित्रता राम्रो हुनेछ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ ।
मकरः आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला ।
कुम्भः प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।
मीनः नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ । तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ । साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् ।






