काठमाण्डौ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालकालागी परी आउँदा भारतले टाउको झुकाउन पछि नपर्ने बताएका छन् । उनले भारत भारतका कारण नेपाललाई कुनै समस्या आउन नदिने बताउँदै आवश्यक परेमा आफुहरु नेपालका अगाडि टाउको झुकाउन समेत तयार रहेको बताएका हुन् ।
केही विदेशी शक्तिहरु नेपालसंगको निकटतालाई भत्काउन खोजेको भन्दै भारतले त्यसो हुन नदिने बताए । भारतको उत्तराखण्डमा रहेको देहरादूनमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले नेपालसँग भारतको स म्ब न्ध बिगार्नका लागि केही शक्तिहरू लागिपरेको दावी गरेका छन् ।
तर आफुहरु विदेशीहरुको त्यस्तो मनोकामना पुरा हुन नदिने बताए । भारतीय समाचार संस्था एएनआईले सिंहको सो भनाइ उद्धृत गर्दै टुवीट गरेको छ । सिंहले भने, ‘सरकारको प्रतिनिधिका रूपमा म भन्न चाहन्छु, हामीले टाउको झुकाउनु परे पनि झुकाउँछौं तर छिमेकी मुलुक नेपालसँगको स म्ब न्ध टुट्न दिँदैनौं ।’ उनको यो अभिव्यक्तिप्रति अहिले धेरैले






