काठमाण्डौ । शेरबहादुर देउवाले नेपाली काँग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन् । छात्र सङ्घबाट उदाएका देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मिएका देउवा नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गर्नुपर्यो ।
विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएको छ । देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । वि.सं. २०२२ मा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बन्न सफल भए ।
विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए । त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुग्ने गर्थे ।
लामो यात्राको फल
काँग्रेसको केन्द्रीय सदस्यमा रहँदै आएका देउवा वि.सं. २०५७ मा पोखरामा भएको काँग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा पहिलो पटक प्रतिस्पर्धा गरेका थिए । कुल एक हजार ४७७ मतमध्ये कोइरालाले ९३६ र देउवाले ५०७ प्राप्त गरे । देउवाले राजनीतिक गुरु मानेका कोइरालासँगको द्वन्द्वका कारण नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति भएका कारण काँग्रेसको ११औँ महाधिवेशनमा प्रतिस्पर्धामा रहेनन् ।
२०६२,६३ को आन्दोलनपछि दुबै पार्टी एक भएपछि १२औँ महाधिवेशनमा देउवा पुनः सभापतिको उम्मेदवार भए । सो महाधिवेशनमा सुशील कोइरालासँग उनको प्रतिस्पर्धा भयो । कोइरालाले एक हजार ६५२ र देउवाले एक हजार ३१७ मत प्राप्त गरेर उपविजेतामा चित्त बुझाउनुप¥यो । दुई नेताबीच ३३५ मतको अन्तर थियो ।
सभापति सुशील कोइरालाको निधनपछि २०७२ फागुुनमा भएको १३औँ महाधिवेशनमा देउवाले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गरे । पहिलो चरणको मतदानमा ५० प्रतिशतभन्दा बढी मत पुुग्नलाई ११ मत कम भएपछि दोस्रो चरणको मतदान भएको थियो । त्यसमा देउवाले नेता पौडेललाई ५२६ मतान्तरले सभापतिको शिखर चुम्न सफल भएका थिए ।
देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । काँग्रेसको विधानमा काँग्रेस सभापति लगातार दुई पटकसम्म मात्रै हुने व्यवस्था छ । सभापति पदमा विजयी भएपछि उनले ‘काँग्रेसलाई एकताबद्ध बनाउने अठोट’ व्यक्त गरे।
कार्यकारी प्रमुखको निरन्तरता
काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका सभापति देउवालाई ७५ वर्षको उमेरमा पाँचौँ पटक देशको कार्यकारी प्रमुख बन्ने सुअवसरसँगै पार्टी नेतृत्वलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ । यसअघि वि.सं. २०७४ मा उहाँकै कार्यकारी नेतृत्वमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनमा काँग्रेस दोस्रो दल बनेपछि नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई सौहार्दपूर्ण वातावरणमा उनले सत्ता हस्तान्तरण गरेका थिए । घुमिफिरी रुम्जाटार भनेझैँ झन्डै दुई तिहाइ मत पाएको नेकपा (एमाले) मा आएको विवादका कारण देउवालाई पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशको सेवा गर्ने सुअवसर मिल्यो ।
लगातार निर्वाचित जनप्रतिनिधि
पञ्चायत कालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता निरन्तर निर्वाचित जनप्रतिनिधि हुन् । वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भए । त्यसैगरी २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी भए । वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए ।
नेपालका समकालीन राजनीतिज्ञहरूमध्ये उनी ३० वर्षदेखि निरन्तर निर्वाचित विधायक छन् । यसरी तीन दशकसम्म लगातार जनताबाट अनुमोदित विरालाकोटी नेतामा उनी पर्दछन् । शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट प्रशिक्षित देउवालाई पाँच वर्ष प्रतिपक्षको जनादेश हुँदाहुँदै अचानक प्रधानमन्त्री पद प्राप्त भएको छ ।
कतिपयले देउवालाई भाग्यमानी नेता पनि भन्ने गर्छन् । लोकतन्त्रप्रतिको अटुट लगाव र तदनुरूप सङ्घर्ष तथा निडर व्यक्तित्वका कारण उनलाई जनताले सधैँ विजयी गराउँदै आएका छन् । विज्ञान पढेपछि डाक्टर, इन्जिनियर बनी पैसा कमाइन्छ भन्ने छाप गाउँमा परेकाले परिवारको सल्लाहमा विज्ञान पढ्न काठमाडौँ आएका देउवा चिकित्सक तथा इन्जिनियर त बनेनन् तर मुलुक हाँक्ने सारथि भने बने । खासगरी दर्शन विषयका पुस्तक अध्ययन गर्न रुचाउने देउवा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए । बेलायतको उच्च शिक्षाले देउवालाई लोकतन्त्रको फराकिलो क्षितिजसम्म विचार र विवेकलाई आत्मसात् गर्ने अवसर दियो ।
उतार चढावको यात्रा
वि.सं. २०४६ मा गणेशमान सिंहको नेतृत्वमा नेपाली काँग्रेसले देशमा पहिलो जनआन्दोलन अगुवाइ ग¥यो । त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययनरत थिए । जनआन्दोलन सफल भएपछि उनी लन्डनबाट काठमाण्डौ आएका थिए । वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्न सफल भएका थिए । उनकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली काँग्रेसले प्रभावकारी विजय हासिल गरेर उनी गृहमन्त्री बनेका थिए ।
गृहमन्त्री बनेको साढे तीन वर्षभित्रै उनी नेपाली काँग्रेस संसदीय दलको नेतासँगै संसद्मा प्रमुख विपक्षी दलको नेता बने र पाँचै वर्षमा मुलुकको प्रधानमन्त्री बने । राजनीतिमा धेरै उतार चढाव खेप्नुभएका देउवाले काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको साथ पाए । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत छन् । कानुनमा स्नातक भारतको जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट मानार्थ विद्यावारिधि (पीएचडी) प्राप्त गरेका छन् ।
स्थानीय क्षेत्रमा रहेका विद्यालयबाटै प्रारम्भिक शिक्षा हासिल गरेका देउवा एलएलसी दिएपछि उच्च शिक्षाका लागि वि.सं. २०२१ सालमा काठमाण्डौको त्रिचन्द्र कलेजमा भर्ना भएका थिए । त्यसपछि उनी नेविसङ्घभित्र राजनीतिमा सक्रिय भए । नि ड र स्वभावका देउवाले विद्यार्थीको हकहितमा काम गर्दा नै पञ्चायती व्यवस्थाका पक्षधरबाट पटक–पटक पक्राउ समेत परेका थिए ।
वि.सं. २०४८ मा जनप्रतिनिधि भएर काठमाण्डौ पसेपछिकोे राजनीतिक यात्रामा देउवाका सीमित विफलता तर धेरै सफलता हात लागेका छन् । ग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा अलग पार्टी निर्माण गरेका थिए । त्यसअघि नै देशमा नेकपा माओबादीले अगाडि बढाएको सशस्त्र वि द्रो ह (ज न यु द्ध) ले सरकार कमजोर हुँदै जाँदा तत्कालीन राजा र शाही सेनाको असहयोग पनि बढ्दै गएको थियो ।
यता एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेर निर्वाचित जनप्रतिनिधिहरूको संस्था प्रतिनिधि सभा चल्न दिएन । यस्तो अवस्थामा काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । त्यसपछि काँग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । संसद्मा पार्टीको बहुमत भएकाले उहाँ दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । पछि तत्कालीन राजाबाट उहाँ सत्ताच्युत हुनुप(यो ।
राजनीतिक घटना सँगसँगै वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कु’मार्फत देउवालाई दोस्रो पटक हटाइदिएर सत्ता आफ्नो हातमा लिएका थिए । नेपाली काँग्रेसको राजनीतिमा पाँच दशकपछि वि।सं। २०७२ को १३औँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली काँग्रेसको पार्टी सभापतिमा विजयी भए ।
उनी सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभयो भने सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष पनि छन् । देउवाका एक छोरा जयवीर र श्रीमती डा. आरजु राणा देउवा हुन् । डा. राणा काँग्रेसको राजनीतिमै सक्रिय छिन् । पाँचौँ पटक देशको प्रधानमन्त्री बन्न सफल देउवाले नेतृत्व गरेका अधिकांश सरकार संयुक्त सरकार छन् ।
देशको प्रतिकूल राजनीतिक अवस्थामा देउवाले कार्यकारी प्रमुखको नेतृत्व गर्दै नेपाली राजनीतिलाई ठूलो दुुर्घटना हुनबाट जोगाएका छन् । पार्टीभित्र मात्र होइन अन्य दलसँग सहकार्य गरेर जान सक्ने क्षमताकै कारणले देउवा दोस्रो पटक सभापति बन्न सफल भएका हुन् । समकालीन नेपाली राजनेताहरूमा अन्तर्राष्ट्रिय स्तरमा समेत देउवाको छवि उच्च रहेको छ ।
वि.सं. २०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली काँग्रेस पार्टीको राजनीतिक प्रमुखको भूमिकामा रहेका थिए । २०४८ सालमा डडेल्धुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने ।
वि.सं. २०५२ मा नेकपा (एमाले) नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बने । २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला डा.बाबुराम भट्टराईलगायतले ४० बुँदे मागपत्र बुझाएका थिए । त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओबादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो ।
पछि माओबादीसँग वार्ताका लागि सरकारको तर्फबाट पत्र लेख्ने व्यक्ति पनि देउवा नै हुन् । १४औँ महाधिवेशनको उद्घाटन समारोहमा माओबादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले यो विषय स्मरण गराएका थिए । प्रचण्डले उक्त स्मरण गराउँदा प्रधान्मन्त्री एवं नेपाली कांग्रेसका वर्तमान निर्वाचित सभापति देउवा भावुक बनेका थिए । यो समाचार गोत्रपत्रबाट






