काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले भनेका छन्,‘ कोरोना पोजिटिभ आएको छ ।
सामान्य लक्षण देखिएको छ । चार पाँच दिन अघिसम्म मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु ।’ उनको स्टाटस जस्ताको त्यस्तै कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् ।
विगत ४,५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि टेलिफोन, मोबाइलको साटो एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ ।






