काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको वि’रो’धकाबीच सरकारले सदनमा ६ अध्यादेश पेश गरेको छ । आज शुरू भएको प्रतिनिधिसभाको बैठकमा सरकारले ६ अध्यादेश पेश गरेको हो । विभिन्न मन्त्रालयका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले ६ अध्यादेश सदनमा प्रस्तुत गरेका थिए ।
उनले नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिं सा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, यौन हिं सा वि रु द्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौ ज दा री क सु र तथा फौ ज दारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश बैठकमा पेस गरेका हुन् ।
आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै एमालेले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ । अध्यादेश पेसपछि पनि एमाले सांसदको वि रो ध नरोकिएपछि सभामुख सापकोटाले बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरेका छन् ।






