काठमाण्डौ । नेपाली कांग्रेसको महाधिवेशनमा कहिल्यै नभएको घटना भएको छ । महाधिवेशनमा पुगेका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरी र निर्वाचन समितिका सदस्यले दु र्व्य वहार गरेको आरोप लगाउँदै फोटो पत्रकारहरुले क्यामेरा भुइँमा राखेर आन्दोलन सुरु गरेका छन् ।
महाधिवेशनमै पत्रकारहरु यसरी विरोधमा उत्रिएको सम्भवत पहिलो घटना हो । कुनै राजनीतिक दलको सबैभन्दा ठूला कार्यक्रममा पत्रकारहरुले कार्यक्रम स्थलमै आन्दोलन गर्नुपरेपछि सबैको ध्यान आकर्षित भएको छ । सोमवार फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।

साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका हुन् । उनीहरुले दु ब्र्य वहार समेत गरेका थिए । प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।
फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् । अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन् । उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।






