काठमाण्डौ । आइतबार १९ लाख ६५ हजार ६०० मात्रा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । उक्त मात्रामा मोडर्ना खोप आएको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।
गाभी र कोभ्याक्स सुविधा अन्तर्गत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ । यस्तै, शुक्रबार, बिहीबार र आइतबार अर्थात् आज गरी ३६ लाख ५१ हजार ४०० मात्रा मोडर्ना खोप आइसकेको उनले बताए ।
सरकारले पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने तयारी गरेको छ । परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाकाअनुसार यो खोप ५७ जिल्लाका विद्यालयबाट बालबालिकालाई दिन सुरु गरिनेछ ।






