काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताएका छन् । काठमाण्डौमा शुक्रवारदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन् ।
उनले देश बनाउन विषयमा कांग्रेससँग एमाले एक रहने बताए । ‘मुलुकको स्थायित्व, लोकतन्त्र र समृद्धिको यात्रा अघि बढाउन एमाले कांग्रेससँग हातेमालो गर्न तयार छ,’ उनले भनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दा बोल्दै अचानक माइक काटिए पछि छोटो भनाई राखेका थिए ।
सुरुमै मलाई धेरै बोल्नु छैन म आफ्नै पार्टीको मञ्चमा आफ्ना भनाई राख्ने अवसर पाउँछु भन्दै भनाई सुरु गरेका थिए । तर केही बेर बोल्दा बोल्दै अचानक माइक काटिएको हो । आफूले बोल्दा बोल्दै माइक काटिएपछि ओली रिसाएका छन् । उनले माइक काटिएपछि शेरबहादुरजी बोलून् भन्दै ड्यास छाडेका थिए ।
तर केही बेरपछि माइकको आवाज आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेरि बोल्न दिएका थिए । उनले माइकको आवाज आएपछि केही बेर कुरा राखेपछि आफूलाई बोलाएको भन्दै कांग्रेस सभापति देउवालाई धन्यवाद दिए ।






