काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई केही सुझाव दिएका छन् । उनले पुर्वराजा राजनीतिमा कालो बादल मडारिरहेको छ भन्दै ज्ञानेन्द्रलाई कि पार्टी खोल्नु कि त व्यापार गर्नु भन्दै दुईमा एक गर्न सुझाव दिएका हुन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे ।
‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ वि स्फो टमा जाग्ने छन् ।’ उनले नेपालको रक्षा नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।






