काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले राजाको ठा डो र फोहरी हस्तक्षेपको यथेष्ट प्रमाण आफुसंग सुरक्षित रहेको बताउँदै पुर्वराजालाई चुनौति दिएका छन् । अध्यक्ष पदमा पराजय भएका थापाले सामाजिक सञ्जालमा लामो स्टेटस् मार्फत प्रेस वक्तव्य जारी गर्दै पुर्वराजालाई यस्तो चुनौति दिएका हुन् ।
उक्त प्रेस वक्तव्यमा थापाले आफ्नो हारले नै राप्रपालाई पि र दिएको बताएका छन् । साथै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएकोमा महाधिवेशन सफल तुल्याउन सहयोग गर्ने सबैलाई हार्दिक आभार पनि व्यक्त गरेका छन् ।
थापाको प्रेस व्कतव्यः
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु । महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पि डा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ ।
अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ । केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घो र भ त्सर्ना र नि न्दा गर्दछु । फेरि यो पहिलो घ ट ना होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको च रि त्रह त्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।
मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आ क्रो शको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खे ला डी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हा रलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ । तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अ म र्या दि त हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आ घा त पुगेको छ ।
नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ । राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।
अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठा डो र फोहरी हस्तक्षेप ९यस सम्वन्धि यथेष्ट प्रमाण हामीसंग सुरक्षित छ, हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने ? अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पि र यहि हो । म नैतिक र ध र्म सं कटमा परेको छु ।






