काटमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद विघटन गरेर अध्यक्ष केपी शर्मा ओलीले कुनै गल्ती नगरेको बताएका छन् । एमालेले राजनीतिक मु द्दालाई जनताको विषयवस्तु बनाउन चाहेकाले अध्यक्षद्धारा संसद विघटन गरेको महासचिव पोखरेलले बताएका हुन् ।
सोमबार काठमाण्डौमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मु द्दालाई अदालतको विषय बनाइरहेको आरोप पनि लगाए ।
उनले केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले गल्ती ओलीकै भएको भनेर प्रचारबाजी गर्ने गरेपनि त्यसमा सत्यता नरहेको बताए ।पोखरेलले अदालतभित्रै स्वार्थको खेल भएको टिप्पणी गरे ।
पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दावी गर्दै उनले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने जिकिर गरे । ‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुन्छ ?’ भन्दै महासचिव पोखरेलले प्रश्न गरे ।
उनले कुनैपनि मु द्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको दाबी गरे । उनले त्यस्तो फैसलाविरुद्ध मु द्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको टिप्पणी गरे ।
आज सरकारमा रहेका पार्टीहरूका तर्फबाट त्यस्तो काम भएको छ । गठबन्धनका तर्फबाट हरेक राजनीतिक मु द्दालाई अदालतको विषयवस्तु बनाउने काम भएको पोखरेलको भनाई छ । उनले नेकपा एमालेले राजनीतिक मु द्दालाई अदालतको नभई जनताको विषयवस्तु बनाउन चाहेको दाबी गरे ।






