काठमाण्डौ । राप्रपाको एकता महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा गरेपनि सो पार्टीको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित भएका छन् ।
एमालेको १० औं महाधिवेशनमा भने राप्रपा अध्यक्ष कमल थापा अतिथिको रुपमा सम्बोधन गर्न चितवन पुगेका थिए भने सो क्रममा ओली राष्ट्रपति नेता भएको भन्दै तारिफ गरेका थिए । केही वर्षयता थापा र ओलीबीच निकटता रहँदै आएको छ ।
योपनि पढौं
विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा सरसफाइ
जनकपुरधाम । जनकपुरधाममा लामो समयदेखिको फोहर सरसफाइ गर्न सीताराम विवाह पञ्चमी महोत्सव कुर्नु परेको छ । महोत्सवको तयारीस्वरुप प्रदेश २ सरकारको पहलमा बुधबारदेखि सरसफाइअभियान सुरु भएको हो ।
प्रदेश २ का उद्योग, वन, वातावरण, पर्यटन मन्त्री सत्रुधन महतो लगायतको उपस्थितिमा जनकपुरधामका विभिन्न स्थलमा सरसफाइ सुरु गरिएको थियो ।
यस क्रममा जनकपुरधामको बाह्रविघा मैदान, प्रादेशिक अस्पताल रोड एरियाको सरसफाइ भएको छ । सरसफाइ अभियानमा सुरक्षाकर्मी, जानकी मन्दिरका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिका, युवा, अगुवालगायतको सहभागिता थियो ।






