काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रबादीहरूलाई राजसंस्थासँग त’र्सि’न नपर्ने बताएका छन् । राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै नेता थापाले लोकतन्त्रबादीहरू राजसंस्थासँग तर्सिन नपर्ने बताएका हुन् । ‘राजसंस्था पक्षधरहरू लोकतन्त्रबाट न’ड’रा’ऊ, न’झ’स्क ।’ उनले भने । अहिलेको आवश्यकता परिवर्तनकारी श क्ति र परिवर्तनकारी विचार, परम्परागत श क्तिको सामञ्जस्यता र समन्वय हो ।’
राजा र जनताबीचको एकता, राष्ट्रिय र प्रजातन्त्रबीचको सामञ्जस्यता अहिलेको आवश्यकता भएको बताउँदै उनले यो नै राष्ट्रिय सुरक्षा र अस्तित्वको ग्यारेन्टी भएको पनि बताए । प्रजातान्त्रिक मूल्य मान्यता कम्जोर बनेको र राज्यका अंगहरूको प्रभावकारितामा समेत ह्रास आउन लागेको अध्यक्ष थापाले बताए । उनले भने, ‘मुलुक भ्र ष्टा चा रको दलदलमा भासिएको छ । यस्तो अवस्थामा नेपालको राष्ट्रियता र एकता हिजोको भन्दा अहिले बढी सं क ट पू र्ण छ भन्ने मेरो निष्कर्ष छ । अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता छ ।’
नेता थापाले राप्रपाले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न चाहेको पनि बताए । ‘हामी राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न चाहन्छौं । हामी ०६३ सालभन्दा अघिको अवस्थामा मुलुकलाई फर्काउन चाहेका छैनौं । अब हामी राजसंस्थासहितको प्रजातन्त्र, प्रतिगामी होइन, परिवर्तनकारी विचार, अग्रगामी र मध्यमार्गी विचार हो ।’ उनले भने ।






