काठमाण्डौ । नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न गरेको छ । यस्तै पाँच जिल्लामा प्रतिनिधि छनौटको प्रक्रिया जारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार अधिकांश जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छानिएको हो ।
एमालेको आगामी मंसिर १०–१२ गते चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । त्यसका लागि शनिबार प्रतिनिधि छनौट सुरु भएको थियो । यस्तै एमालेले केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन समेत मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
यस्तो छ प्रतिनिधि सूची
प्रदेश नम्बर १ः पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।, बागमती प्रदेशः दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।, उपत्यका विशेष कमिटीः पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेशः गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।, लुम्बिनी प्रदेशः गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।, कर्णाली प्रदेशः हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेशः दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा । छनौट प्रक्रिया जारी रहेका जिल्लाहरु यसप्रकारका छन्ः कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुरा






