काठमाडौं, पुस १९-नायक अनमोल केसी चलचित्र ‘पारस’ मा अभिनय गर्ने भएका छन् ।आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पारसमा उनले अभिनय गर्ने भएका हुन् ।
फिल्ममा नब नायिका आग्या करनजीतले अभिनय गर्ने पक्का पक्की जस्तै भएको बताइएको छ । पछिल्लो समय निकै व्यस्त रहेका अनमोल हाल अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ मा अभिनय गरिरहेका छन् ।






