काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफल गर्न तीन न्यायाधीश खटिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको थियो ।
सोही बैठकको निर्णयअनुसार न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीशसँग छलफलका लागि उनको च्याम्बरमा गएका छन् । प्रधानन्यायाधीश सकारात्मक भए सोमबार उनी र न्यायाधीशहरूबीच औपचारिक छलफल हुनेछ ।
न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने तर त्यसका लागि समय मागेमा केही समय दिन सकिने निर्णय गरेको थियो । सोही अनुसार प्रधानन्यायाधीशको धारणा बुझ्नका लागि तीन न्यायाधीश छलफलमा गएका हुन् ।






