काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् । मन्त्रालयका कर्मचारी तथा सचिवले झाँक्रीलाई स्वागत तथा बधाई दिएका छन् ।
योपनि पढौं
नवनियुक्त मन्त्रीहरुले शपथ लिएसँगै शुक्रबार साँझ सिंहदरबारमा पुगेर पदभार सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्रीलाई आज नियुक्त गरेकी थिइन् । यससँगै देउवा सरकारले पूर्णता पाउँदै २५ सदस्यीय बनेको छ ।
नवनियुक्त मन्त्रीहरुको आजै राष्ट्रपति भवनमा शपथ भएको थियो भने शपथ पछि उनीहरु मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुका साथै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । मन्त्रीहरुको पदभार हुने भएपनि शुक्रबार साँझ सिंहदरबारमा नेता कार्यकर्तादेखि कर्मचारी लगायतको निकै चहलपहल देखिन्थ्यो ।






