काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि नेता विरोध खतिवडाले मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको जानकारी दिए ।
मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका छौ ।’ स्थायी कमिटी बैठक लगत्तै अध्यक्ष नेपाल गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भाग लिन बालुवाटार गएका छन् ।
‘मन्त्रालय बाँडफाँडबारे अस्तिको सहमति अन्तिम होइन, त्यसबारे थप निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएका छौं’ खतिवडाको भनाइ छ ।
योपनि पढौं
बाफलबाट १९ जना जु वा डे पक्राउ
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जु वा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जु वा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसपी रमेश बस्नेतले बताए ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले जु वा खा लबाट २ लाख ८६ हजार नगद ब रा मद गरेको छ । जु वा खा लबाट ७ बुक तास र ३३ था न कौ डा पनि ब रा म द गरिएको प्रहरीले जनाएको छ ।






