काठमाण्डौ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेका नेपाली काँग्रेसका नेता राम गोविन्दराय यादवलाई प्रहरीले उठाएर लगेको छ । बुधबार राति ७ बजेपछि अनसन स्थलबाट बुबालाई प्रहरीले उठाएर लगेको छोरा कृष्ण बिहारी यादवले बताएका छन् ।
प्रहरीले कहाँ लगेको हो र कुन अवस्थामा राखेको छ, केही जानकारी नदिएको उनको भनाइ छ । प्रहरीले आफ्नो बुवालाई बे प त्ता पारेकाले खोजिदिन उनले आग्रहसमेत गरे । पार्टी क्रियाशीलता सदस्यता वितरण पारदर्शी बनाउन माग गर्दै दोस्रो पटक आ म र ण अ न स न बसेको छैटौं दिन प्रहरीले यादवलाई लगेको छोराले बताए ।
कृष्णले भने, ‘आ म र ण अ न स न बसिरहेको ठाउँबाट गए राति प्रहरीहरुको समूह आएर उ ठा ए र लगेको छ । कहाँ लगेको छ भन्नेबारे केही जानकारी दिएको छैन । उहाँलाई अ प ह र णको शैलीमा बे प त्ता पारेको छ । कहाँ हुनुहुन्छ, खोजी गरि दिनका लागि मिडियाहरुलाई अनुरोध गरिरहेको छु ।’
पार्टी नै सरकारमा र गृहमन्त्री पनि कांग्रेसकै भए पनि पार्टीले समेत नसुनेकाले मिडियासँग बुवाको खोजीका लागि आग्रह गरेको कृष्ण बिहारीले बताए । तर काँग्रेस कार्यालयका अनुसार काँग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा यादवलाई वीर अस्पताल लगिएको छ ।






