काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशनका लागि भइरहेको प्रतिनिधि छनोट निर्वाचनको परिणाम आइरहेका छन् । कतिपय क्षेत्रमा केन्द्रमा प्रभाव पारेका केन्द्रीय नेताहरु पनि पराजित भएका छन् ।
नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पूर्व मन्त्री समेत रहेका उनी पराजित भएका हुन् । पूर्वमन्त्री घिमिरे कांग्रेसको जारी अधिवेशन अन्तर्गत रामेछापमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
घिमिरे कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेसका पूर्वप्रमुख सचेतक पनि हुन् । यस्तै, रामेछापमा नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पौडेल पक्षको कडा टक्कर देखिएको छ । मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् ।






