काठमाडौ । अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच राजधानीको महाराजगञ्जमा भेटघाट भएको छ । मनीषाले सामाजिक सञ्जालमा हिमानीसँगको भेटघाटको तस्वीर राखेकी छन् ।
तस्वीरमा अन्य महिलाहरुलाई पनि देख्न सकिन्छ । मनीषाले तस्वीरको क्याप्सनमा ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन् ।
जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन् । महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन्’ भन्दै एमी टेनीको भनाईमा लेखेकी छन् ।

मनीषाले भेटघाटमा के विषयमा छलफल भयो भन्ने केही खुलाएकी छैनन् । यद्यपि मनीषा पछिल्लोपटक राजनीतिमा आउन लागेको खबरले सबैलाई चासोको विषय बनेको थियो ।
पूर्व युवराज्ञी हिमानी पछिल्ला वर्षहरुमा हिमानी ट्रस्टमार्फत सामाजिक काममा सक्रिय छिन् । उनीहरूबीच शनिबार राति भेटघाट भएको हो।
मनीषा ले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै पूर्वयुवराज्ञी हिमानीसहित विभिन्न महिलासँग विशेष समय बिताएको जानकारी दिएकी हुन् ।
उनले आफूलाई मन पर्ने सशक्त महिला समूहसँग भेटघाट गरेको उल्लेख गरेकी छन् । जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन् । महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् –एमी टेनी।’ मनीषा–हिमानी भेटका केही तस्बिरहरु






