काठमाण्डौ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश जारी गरेको थियो । अध्यादेश फिर्ता नलिइ सरकारमा सहभागी नहुने जनता समाजवादी पार्टीको अडानपछि अध्यादेश फिर्ता भएको हो ।
योपनि पढौं
बौद्धबाट ४० वर्षीय पुरुष बे प त्ता, परिवारले खोजीकालागी मिडियामा माग्यो गुहार
काठमाडौ । काठमाण्डौको बौद्धबाट ३ दिनदेखि ४० वर्षीय पुरुष बे प त्ता छन् । असोज ९ मा बिहान ८ बजे घरबाट निस्केका पुष्करराज दवाडी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
गहुँगोरो बर्णका दवाडी रातो टोपी, खैरो पाइन्ट र रातो टिसर्ट लगाएर घरबाट निस्केको र हालसम्म सम्पर्कमा नआएको उनका भतिजा सुजित दवाडीले बताए । ५ फिट १० इन्च अग्ला दवाडी बौद्धस्थित महाङ्कालमा बस्दै आएका थिए ।
परिवारले सो घटना प्रहरीलाई जानकारी गराएका छन् । हराएका व्यक्तिको हुलिया सवैतिर जानकारी गराएर खोज्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।






