काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताको सबै पकृया पुरा गरिसकेको सो पार्टीका नेताहरुले बताएका छन् । पार्टीको नाममा विभिन्न विकल्पमा कुरा भइरहेको छ । तर नेकपा एमाले (समाजवादी) मा टुंगो लागेको सो समुहका नेता मेटमणी चौधरीले बताएका छन् ।
माधव नेपाल समुहले पनि चुनाव चिन्ह सुर्यलाई नछोड्ने भएको छ । जुनसुकै स्वरुपको भएपनि चुनाव चिन्ह सुर्य नै राख्ने सहमति वैठकमा भएको चौधरीले बताएका छन् । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाएर राष्ट्रपतिवाट दल विभाजन सम्बन्धि अध्यादेश स्वीकृत हुने दिन पर्खेर बसेका छन् ।
पार्टीको नाम टुंगो लगाउन विभिन्न विकल्पमा छलफल भएको थियो । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको नेताले बताए ।
चुनाव चिन्ह, “उदाउँदो सूर्य, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्ने नेताहरुले बताएका छन् । कुनै पनि हालतमा चुनाव चिन्हका रुपमा सुर्य नछोड्ने उनीहरुको अडान छ । नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए






