काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताए । मङ्गलवार आफू पक्षीय जनवर्गीय सङ्गठनहरूको कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।
ओलीले आफूहरूलाई लगाएको आ रो प फिर्ता लिने र आ त्मा लोचना गर्ने कुनै ‘स्प्रिट’ नदेखाएको उल्लेख गर्दै उहाँले ओलीले पार्टी विभाजन गर्न चाहे पनि आफूहरूलाई दो ष दिइएको बताए । उनले पुनर्गठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने पनि बताए ।
नेता नेपालले भने, ‘उहाँ पार्टी विभाजन गर्न उद्यत हुनुहुन्छ । विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने । हामी एकताका निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब हामी पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुनर्गठन गरिने छ ।’
क्रा न्ति का री पार्टीमा रूपान्तरण गरिनेछ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ र सामाजिक परिवर्तनको, समाजवादको झण्डा बुलन्द गरिनेछ । नेपाली जनताको प्यारो शक्तिको रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई हामी अगाडि बढाउनेछौँ ।’
उनले आफूलगायतका सांसदहरूलाई कारबाही गरेको तर्फ इङ्गित गर्दै आफूहरू कारबाहीबाट विचलित नभइ अगाडि बढ्ने पनि बताए । वरिष्ठ नेता नेपालले आफूहरूले नयाँ पार्टी खोले पनि अध्यक्ष ओलीले गल्ती स्वीकार गरेर पछाडि हटेमा पार्टी एकताको ढोका खुला रहने बताए । आउँदो चुनावमा सहकार्य हुनसक्ने समेत उनको भनाइ छ ।
नेता नेपालले भने, ‘कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडि बढ्नेछौँ । एकताका निम्ति हाम्रो ढोका सधैैँभरि खुला छ । आज फेरि एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भने पनि, पार्टी पुनर्गठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भने पनि फेरि केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुहुन्छ भने फेरि एकताको ढोका खुला हुनेछ । अहिले हुनेछ । भोलि हुनेछ ।’
उनले आफुहरू अहिले सबै पार्टीसँग सहकार्य गर्ने भए पनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पारे । उनले अन्य वामपन्थी शक्तिहरूलाई पनि एकताबद्ध बनाउने बताए ।






