काठमाडौ । नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि ग म्भी र प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन ।
अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको उनको भनाई छ ।
‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’
अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ । ‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो ।
त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’
साढे तीन बर्षमै यति ठूलो क्षति ब्यहोर्नुले एमालेको भबिश्य के होला भनेर चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ । तर अहिलेको अबस्था यस्तो होइन ।’ उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने दम्भ पाल्दाको परिणति हो, यो ।
अध्यक्ष ओलीको ब्यक्तिबादी दम्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’ एउटा ब्यक्तिको ९ओली० कारण पार्टी र आन्दोलनले गम्भीर धक्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने उनको तर्क छ । अझ एमाले पनि सिंगो अबस्थामा नरहने हो भने त कम्युनिष्ट आन्दोलन नै क्षतबिक्षत हुने सचिब गुरुङको भनाई छ । अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्वन्द्वबादीढंगले हेर्नु पर्ने उनी बताउँछन् ।
‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’ उनी भन्छन् ।
लुम्बिनी प्रदेशमा एमाले सरकार अल्पमतमा परेर ढलेपछिको बिकसित राजनीतिक घटनाक्रमका बारेमा आफूनिकट नेता तथा कार्यकर्ताहरुसँग कुरा गर्दै सचिब गुरुङले एमालेमा एकता नभए पार्टी नै ध्वस्त बन्ने बताए ।
‘नेकपा एमालेलाई अहिलेको अबस्थामा ल्याउन हामीले ०४६ सालपछि तीन दशक कडा परिश्रम गरेका छौं । बिभाजित भएमा पार्टी समाप्त भएर जान्छ ।’ उनी भन्छन् । पार्टीमा माधब नेपालहरु बस्न नसक्ने बाताबरण सिर्जना गर्नु भनेको सिंगो पार्टी र आन्दोलनका लागि भयंकर ठूलो क्षति भएको उनको भनाई छ ।
‘माधब नेपालमा ब्यक्तिजन्य कमजोरी होलान, तर एमाले बनाउन उनको योगदान ओलीभन्दा कम होइन, बरु बढ्ता नै छ ।’ उनी भन्छन् ‘यस्तो ब्यक्तिलाई कसैको स्वार्थ ९ओली० नमिल्नेबित्तिकै पार्टी छाडेर जाउ भन्नु ईतिहासप्रतिको गद्धारी हो ।’
सचिब गुरुङले माधब नेपालले पनि ओलीलाई मात्र हेरेर पार्टीमा बस्नेरनबस्ने निर्णय लिनु सर्बथा गलत हुने उनको सुझाब छ । ‘सिंगो पार्टी, कम्युनिष्ट आन्दोलन, देश, जनता र कार्यकर्ताहरुको भाबनालाई बिचार गरेर उहाँले ९माधब० निर्णय लिनुपर्छ ।’ गुरुङको सझाब छ ‘ब्यक्ति हेरेर आन्दोलनलाई कमजोर बनाउन उहाँलाई पनि ईतिहासले छुट दिदैन ।’
माधब नेपालको समूह पार्टीमा नरहने हो भने दुबै एमाले पनि नबच्ने र फुटेर जानेहरु पनि नबच्ने सचिब गुरुङको दाबी छ । ‘माधब नेपालहरु फुटेर जानुभयो भने उहाँहरुको भबिश्य त रहँदैन नि, एमाले पनि समाप्त हुन्छ ।’
उनी भन्छन् ‘हिजो दुई पार्टीबिचको एकता हुदा त काँगे्रसको लोकप्रिय मत हाराहारी जस्तै छ । अहिले त दुई पार्टी दुईतिर भएको र एमाले पनि बिभाजित भएको अबस्थामा एमाले बच्न नसक्ने उनको तर्क छ । अब एमाले ढल्यो भने ईतिहासमै उठ्न नसक्ने पनि गुरुङको बुझाई छ ।
‘दुई तिहाईको सत्ता सन्चालन गरेको एमाले, आफै झगडा गरेर क्षतबिक्षत भए भने न जनताले माफी गर्छन, न ईतिहासले । त्यसैले यो पार्टी कहिल्यै उठ्न नसक्ने गरी थला पर्छ । के त्यसको लागि हामी तयार हो त ?’ उनको प्रश्न छ । ई–आर्थिक अनलाईमा यो खबर प्रकाशित भएको छ ।






