बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्क बाहिर रहेकी छन् । माओवादी केन्द्रले उनी शुक्रबारदेखि पार्टीको सम्पर्कमा नरहेको जनाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीका अनुसार वलीलाई शुक्रबारदेखि सम्पर्क गर्दा सम्पर्क हुन नसकेको जनाएका छन् ।
पार्टीको आज हुने संसदीय दलको वैठकमा सहभागी हुन शुक्रबारदेखि सम्पर्क गर्दा ओली सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । माओवादीमुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने आशंका गरिएको छ ।
लुम्बिनी प्रदेशमा शंकर पोखरेल सरकार अल्पमतमा छ । जसपामा ३ सांसदको पद गुमेपछि पोखरेलसँग ३८ मत मात्रै छ भने विपक्षी गठबन्धनसँग ४१ मत छ। अल्पमतमा परेपछि पोखरेलले सांसदहरूलाई पद र आर्थिक लोभ देखाएर आफ्नो सत्ता टिकाउने प्रयास गर्दै आएको आरोप छ । दाङ प्रहरीले भने वली उपचारको क्रममा नेपालगञ्जमा रहेको दाबी गरेको छ ।






