काठमाडौ । नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालेको छ । बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर संवाद भइरहेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने विषयमा भने केही निर्णय गरेको छैन ।
नेपाल पक्षले जवाफ पठाए पनि त्यसउपर कुनै कारबाही नभएको उनले बताए । बैठकअघि भएको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सबैलाई एकताका लागि आव्हान गर्दै माधव समूहले यसअघि गरेका गल्तीमा माफी दिने बताएका थिए ।






