काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि सबैलाई आमामाफी दिने घोषणा गरेका छन् । उनले बाटो बिराएर गएका पार्टीभित्रकै नेताहरुलाई आममाफी दिने बताएका हुन् । “बाटो बिराएका, भड्किएकाहरुलाई फेरि पनि भन्छु, यस पार्टीको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,” ओलीले भने । उनले पटक पटक ‘एम्नेष्टि’ भन्दै पार्टीमा आउन आग्रह गरेका थिए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’ उनले अघि भने, ‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’






