पोखरा । पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान चार बजेको समयमा मस्तिष्कघात भएको हो । उच्च रक्तचापका कारण मेयर जिसीलाई मस्तिष्कघात भएको प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको स्वास्थ्य खतरामुक्त रहेको बरालले बताए । मेयर जिसीलाइ थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल लैजाने तयारी गरिएको छ ।






