काठमाडौ । पूर्वमन्त्री वर्षमान पुनले रोल्पाका पत्रकार काशिराम डाँगीलाई धम्की दिएको घटना प्रति आपत्ती जनाएको छ । मन्त्री पुनले सामाजिक सञ्जालमा पत्रकार डाँगीको नाम नै तोकेर धम्कीको भाषा प्रयोग गरेका थिए । अक्सिजन सिलिण्डर विक्री भइरहेको विषयमा प्रश्न उडाएका डाँगीलाई मन्त्री पुनले यस्तो भाषा प्रयोग गरेको प्रेस चौतारी नेपाल जनाएको छ ।
चौतारीले प्रेस विज्ञप्ती जारी गरी पुनको त्यस्तो कृया प्रति आपत्ती नजाएको छ । राजनीतिक वक्तव्यबाजी गर्ने पत्रकार महासंघले डाँगीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा लेख्दा पनि मौन समर्थन गरेको भन्दै चौतारीले महासंघ नेतृत्वको नियतमा प्रश्न उठाएको छ ।
महासंघका कार्यवाहक महासचिव हिरामान लामाले शनिवार विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री तथा माओवादी नेता पुनको व्यवहारप्रति महासंघ मौन बसेकोमा प्रश्न उठाएका छन् । विज्ञप्तिमा भनिएको छ–रोल्पामा अक्सिजन सिलिण्डर बिक्रिबितरण गरेको आरोप लागेका पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट नामै किटेर सामाजिक सञ्जालमा धम्कीपूर्ण आ क्रो श व्यक्त गर्नु अत्यन्तै निन्दनीय र खेदजनक कार्य हो ।
रोल्पामा बसेर मोफसलको पत्रकारिताको विकासका लागि अनवरत रुपमा खटिरहेका डाँगीमाथि भएको योजनाबद्ध ह र्क त कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर मानसिक दबाब पूर्वमन्त्री पुनमाथि छानविन गरी कडाभन्दा कडा कारबाही गर्न चौतारीले माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ–एक जना श्रमजीवी पत्रकारमाथि सरकारी उच्च ओहोदामा पुगिसकेका व्यक्तिले योजनाबद्ध रुपमा लगाएको गम्भीर आरोपप्रति श्रमजीवी पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ जिम्मेवार बन्नु पर्दैन रु यो राजनीतिक र व्यक्तिगत विषय हो भन्दै उम्किन मिल्छ रु निष्पक्ष, निर्भिक र स्वतन्त्र पत्रकारितामाथि नै आँच पुर्याउने गरी लगाइएका लाञ्छना सैह्य हुन सक्दैन ।







